माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?

माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडले श्रावण ०४ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ ।  कम्पनीको अनुसार योग्य आवेदकले (आयोजना प्रभावित क्षेत्रका बासिन्दाले) दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १० हजार कित्ता सम्म तोकेको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १० हजार कित्ता नै तोकेको छ।

कम्पनीको जारी पुँजीको २५ प्रतिशतले हुन आउने रकम बराबरको रु. १०० अङ्कित दरको २५ लाख कित्ता साधारण शेयर मध्ये आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. १ (साबिक हाकु गा.वि.स. वडा नं. ८ र ९ तथा डाँडागाँउ गा.वि.स. वडा नं. ७, ८ र ९) मा बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई ५ लाख ७१ हजार ४३० कित्ता शेयर, आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं २, ३, ४ र ५ (साबिक डाँडागाँउ गा.वि.स. वडा नं. १, २, ३, ४, ५ र ६, ठुलाेगाँउ गा.वि.स. वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ र ९, लहरेपाैवा  गा.वि.स. वडा नं. १, २, ३, ४, ५, ६, ७ र ९) र नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ (साबिक मनकामना गा.वि.स. वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ र ९) मा बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई २ लाख ८५ हजार ७२० कित्ता शेयर र रसुवा जिल्लाको अन्य क्षेत्रका (आयोजना अति प्रभावित क्षेत्र र आयोजना प्रभावित क्षेत्र बाहेकका बासिन्दाहरू) स्थानीय बासिन्दाहरूलाई १ लाख ४२ हजार ८५० कित्ता गरी जम्मा १० लाख कित्ता शेयर तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूको लागि र सर्वसाधारणमा निष्कासन हुने कम्पनीको जारी पुँजीको १५ प्रतिशत अर्थात् १५ करोड रकम बराबरको रु. १०० अङ्कित दरको १५ लाख कित्ता शेयर मध्ये १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता शेयरको आइपिओ विक्री गर्न लागेको हो।

सो कम्पनीको साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि निष्कासन बन्द हुने मिति (छिटोमा) श्रावण १८ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भाद्र ०१ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ। त्यसै गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि साधारण शेयरको निष्कासन बन्द हुने मिति श्रावण १८ गते रहेको कम्पनीले जनाएको छ।

कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।

सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x