आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू


साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ४२ दशमलव ५८ अङ्कले बढेर २७२६ दशमलव ५१ को विन्दुमा कायम भएको छ।

सप्तकोशी डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्यमा ८.५६ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । दरमखोला हाइड्रो इनर्जी लिमिटेडका शेयरधनीहरुले ८.४१ प्रतिशत, माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीहरुले ८.३६ प्रतिशत,  कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेडका शेयरधनीहरुले ६.५७ प्रतिशत र सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ४.७९ प्रतिशतका दरले कमाएका छन् ।

यता, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका लगानीकर्ताहरूले ६.९३ प्रतिशतले गुमाउँदा ट्रेड टावर लिमिटेड लिमिटेड ६.६६ प्रतिशत, झापा इनर्जी लिमिटेड ६.२५ प्रतिशत, थ्रीस्टार हाइड्रोपावर लिमिटेड ५.९४ प्रतिशत र माउन्टेन हाइड्रो नेपाल लिमिटेड ५.३७ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x