सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेड ले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको आइपिओको बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले वैशाख २१ देखि २४ गतेसम्म खुला गरेको आइपिओ आज बाँडफाँड गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा कुल ८ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्न अनुमति पाएको थियो। सोमध्ये ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको थियो।
बिक्री अवधिमा ८५ हजार ३४२ जनाबाट आवेदन परेकोमा ८५ हजार ३२३ जनाको आवेदन स्वीकृत भएको जनाएको छ। मागभन्दा बढी आवेदन परेपछि गोला प्रथा विधिबाट शेयर बाँडफाँड गरिएको हो।
बाँडफाँड नतिजाअनुसार ८ हजार ५०० जना आवेदकले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने बाँकी आवेदक शेयर पाउनबाट वञ्चित भएका छन्।
सर्वोत्तम पेन्ट्सको वैदेशिक रोजगारी कोटाको आइपिओ बाँडफाँड सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
