फर्स्ट माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्री गर्दै


फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समिरन राईको स्वामित्वमा रहेका ९७ हजार ९८० कित्ता संस्थापक शेयर बिक्रीका लागि खोलेको छ। कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकेको छ।

शेयर किन्न इच्छुक संस्थापक समूहका व्यक्तिहरूले ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौँ–ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्। कम्पनीका अनुसार तोकिएको समयभित्र निवेदन दिएका संस्थापक शेयरधनीहरूबाट प्राप्त प्रस्तावको आधारमा शेयर विक्री प्रक्रिया अघि बढाइनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x