आज प्रभु लाइफ इन्स्योरेन्सले विशेष साधारण सभा गर्दै

 

ज्ञानमाण्डू। प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले यही असार २३ गते (आज) विशेष साधारण सभा गर्दै छ। कम्पनीले विशेष साधारण सभा अम्रपालि बैङक्वेट भाटभटेनी, काठमाडौंमा बिहान ११:४५ बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

 

सभाले नियामक निकायले तोके बमोजिम कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

त्यसै गरी भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्ने र कम्पनीको प्रबन्ध पत्र र नियमावली संशोधन गर्ने र संशोधन गरिएकोमा नियमनकारी निकायबाट हेरफेर संशाेधन परिमार्जन गरेमा साेही अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी पनि सोही सभाले प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।

 

सोही सभामा सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको नियुक्ती पनि अनुमोदन गर्नेछ ।

 

कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार १६ गते एक दिनको लागि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा असार १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x