मौसममा सुधार आएसँगै आजदेखि काठमाडौँका सबै कार्यालय सञ्चालनमा आउने

लगातारको वर्षापछि मौसम सुधार भएपछि आज (सोमबार)देखि काठमाडौँ जिल्लाका सबै प्रकारका सरकारी तथा सार्वजनिक कार्यालय सञ्चालनमा आउने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आइतबार राति सूचना जारी गर्दै सोमबार बिहान १० बजेबाट सबै कार्यालय खुला राखी नियमित सेवा सुरु गर्न निर्देशन दिएको हो।

गत दुई दिनको अविरल वर्षाका कारण राजधानी प्रवेश मार्ग अवरुद्ध भई आइतबार र सोमबार सार्वजनिक बिदा घोषणा गरिएको थियो। तर, अवस्था सामान्य भएपछि सरकारले एक दिनको बिदा कटौती गर्ने निर्णय गर्दै सेवा पुनः सुचारु गर्ने व्यवस्था मिलाएको हो।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवाले जारी गर्नुभएको सूचनामा भनिएको छ, “जोखिमको अवस्था टरिसकेकाले सोमबार बिहान १० बजेदेखि कार्यालय समयसम्म काठमाडौँ जिल्लाका सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न र कर्मचारीको उपस्थिति सुनिश्चित गर्न अनुरोध छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x