सपाेर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ६७.६८ प्रतिशतले घटेको छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा लघुवित्तले १३ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा लघुवित्तले ४ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
८ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सपाेर्ट लघुवित्तले १ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, सपाेर्ट लघुवित्तले ९८ करोड ७ लाख रुपैयाँ सापटी लिएको छ ।
सपाेर्ट लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २१.०६ प्रतिशतले घटेर १ करोड ३५ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ४.६६ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २ रुपैयाँ ०८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ २४ पैसा छ र पछिल्लो कारोबार मूल्य रु १२०० को आधारमा मूल्य आम्दानी अनुपात ५७६.९२ गुणा रहेको छ ।
सपोर्ट लघुवित्तको नाफामा ६७.६८ प्रतिशतको गिरावट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
