नेपाल बैङ्क र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि. बिच सम्झौता

नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेड र मोरङ जिल्ला विराटनगर वडा नं. १० स्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि बिच अस्पतालले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सो सम्झौता बमोजिम नेपाल बैङ्क लिमिटेडका कर्मचारीहरू र  ग्राहकलाई अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरूको बिल रकममा ५ प्रतिशत देखि ५० प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ ।

मिति २०८२ साल भाद्र ०२ गते भएको उक्त सम्झौताको पत्रमा बैङ्कको तर्फबाट कोशी प्रादेशिक कार्यालय प्रमुख सूर्यप्रकाश भट्ट र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि. को तर्फबाट अस्पतालका निर्देशक राजेश भट्टराईले हस्ताक्षर गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x