इमर्जिङ्ग नेपाल लिमिटेडले आफ्ना शेयर धनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८० साल कार्तिक २१ गते, मङ्गलवार बसेको सञ्चालक समितिको ८० औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७९/०८० को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ८.४२१०५ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७९/०८० को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी ५५ करोड ५६ लाख रुपैयाँको ८.४२१०५ प्रतिशतले हुन आउने रकम रु. ४ करोड ६७ लाख ८७ हजार ३६८ रुपैयाँ ४२ पैसा बराबरको नगद लाभांश (कर प्रयोजनको लागि समेत) आफ्ना शेयर धनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने इमर्जिङ्ग नेपाल लिमिटेड जानकारी दिएको छ ।
इमर्जिङ्ग नेपालको लाभांश प्रस्ताव, कति दिँदै छ नगद ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
