नेपालको ऊर्जा र कृषि क्षेत्रको सुधारका लागि विश्व बैङ्कले झन्डै २५ करोड ७० लाख अमेरिकी डलर बराबरको सहयोग स्वीकृत गरेको छ। विश्व बैङ्कको कार्यकारी निर्देशकहरूको बोर्डबाट मे २९ मा पारित दुई प्रमुख परियोजनामार्फत देशभरको विद्युत् वितरण सुधार गर्ने र सुदूरपश्चिममा सिँचाइ सेवा विस्तार गरिने लक्ष्य राखिएको छ।
पहिलो परियोजना "इलेक्ट्रिसिटी सप्लाई रिलायबिलिटी इम्प्रुभमेन्ट" मा १२ करोड अमेरिकी डलर विनियोजन गरिनेछ। कोसी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा लागू हुने यस योजनाले नयाँ वितरण सब स्टेसनको निर्माण, पुराना लाइनहरूको स्तरोन्नति, र स्मार्ट प्रणालीमार्फत आपूर्तिको निगरानी गर्ने व्यवस्था मिलाउनेछ। परियोजनाको कार्यान्वयन नेपाल विद्युत् प्राधिकरणमार्फत हुनेछ, जसले हजारौँ उपभोक्तालाई स्थिर र भरपर्दो विद्युत् सेवा दिने अपेक्षा गरिएको छ।
दोस्रो परियोजना "रानी जमरा कुलरिया सिँचाइ प्रणाली आधुनिकीकरण – तेस्रो चरण" का लागि १३ करोड ७० लाख डलर विनियोजन गरिएको छ। यो परियोजनाले कैलाली जिल्लामा सिँचाइ सुविधाको दायरा विस्तार गर्नेछ, जसबाट करिब १७ हजार ५०० हेक्टर जमिनमा वर्षभर सिँचाइको पहुँच सुनिश्चित हुनेछ। जलस्रोत तथा सिँचाइ विभाग र कृषि विभागको संयुक्त पहलमा सञ्चालन हुने यस योजनाबाट १ लाख ६० हजार नागरिक लाभान्वित हुने अनुमान गरिएको छ।
दुवै परियोजनाबाट नेपालको पूर्वाधार सुधारसँगै दिगो ऊर्जा तथा कृषि उत्पादन प्रणालीलाई टेवा पुग्ने विश्वास लिइएको छ।|
ऊर्जा र सिँचाइ क्षेत्रमा विश्व बैङ्कको लगानी: नेपालका दुई परियोजनामा २५ करोड डलर सहयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
