
ज्ञानमाण्डू। सनी सेक्यूरिटिजले साइन्टिफिक विजनेश हव अन्तर्गतकाे साइन्टिफिक लर्निङ्ग सेन्टरकाे सहकार्यमा २०७८ साल, चैत्र १२ गते बिहान ७ बजे देखि ११ बजेसम्म भरतपुर चितवन स्थित भ्यालि स्टेट कलेजमा आधारभूत शेयर तालिम सञ्चालन गर्ने भएकाे छ ।
शेयर बजारको आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठुलो जोखिम मोल्नु परेको अहिलेको अवस्थामा शेयर बजारको आधारभूत ज्ञान सहितका यस्ता कार्यक्रमहरू पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा समेत सहयोगी हुने कुरा मनन् गरी सनी सेक्यूरिटिजको पहलमा शेयर बजार सम्बन्धी जागरूक र जनचेतना मूलक तालिमहरू सञ्चालन गर्न लागिएको कुरा साइन्टिफिक विजनेश हव अन्तर्गत सञ्चालित साइन्टिफिक लर्निङ्ग सेन्टरले जनाएको छ साथै साइन्टिफिक विजनेश हव प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत उत्सव ढकालले प्रशिक्षकको भूमिका निर्वाह गर्ने कुरा जनाइएको छ ।

यता Global Money Week र यसको २०२२ को "Build your future, be smart about money" भन्ने विषयवस्तुलाई सम्बोधन गर्न पनि यो तालिम सञ्चालन भइरहेको कुरा आयोजक संस्थाले जनाएको छ ।
ग्लोबल मनी वीक भनेको के हो ?
ग्लोबल मनी वीक, युवाहरूको आर्थिक र वित्तीय क्षत्रसँग सम्बन्धित क्षमता अभिवृद्धि गर्ने र युवाहरूलाई, सानै उमेरदेखि आर्थिक रूपमा सचेत छन् र सो क्षमता अभिवृद्धि गर्न र बिस्तारै सही वित्तीय निर्णयहरू लिन आवश्यक हुने ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरू प्राप्त गर्दै छन् भन्ने कुरा सुनिश्चित गर्ने एक वार्षिक विश्वव्यापी सचेतना मूलक अभियान हो ।
"सिक्नुहोस् - बचत गर्नुहोस् - कमाउनुहोस्" भन्ने नाराले ग्लोबल मनी वीकका मुख्य सन्देशहरूको व्याख्या गर्नुका साथै बालबालिका र युवाहरूलाई आफ्नो पैसा बुद्धिमानीपूर्वक व्यवस्थापन गर्न मात्र नभई आफ्नो भविष्यको लागि बचत गर्न र आफू सँगै आफ्नो परिवारका लागि कमाउनको निमित्त सशक्त बनाउन विश्वभरका संस्थाहरूले यस हप्तामा आयोजना गर्ने आफ्नै GMW कार्यक्रमहरूलाई समर्थन गर्दछ ।