पहाडकी रानी उपमाले परिचित पर्यटकीय ग्राम बन्दीपुरमा सञ्चालित बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले तनहुँ जिल्लाको पर्यटन विकास र उद्यमशीलता प्रवर्द्धनको क्षेत्रमा कलम चलाई योगदान गरे बापत तिन (३) जना पत्रकारहरूलाई सम्मान गर्ने भएको छ | सो कम्पनीको २०८२ साल वैशाख ६ गते शनिवारका दिन आयोजना गरिएको चौथो साधारण सभामा छनोट भएका तिन (३) जना पत्रकारहरूलाई जनही नगद रु. ५१,०००/- (एकाउन्न हजार मात्र) का दरले पुरस्कार राशि र दोसल्ला एवं सम्मान पत्रले सम्मान गर्ने भएको छ ।
उद्यमशीलताको क्षेत्रमा कलम चलाएका पत्रकारहरूको छनोट गर्नको लागि पत्रकार एवं कम्पनीका सञ्चालक तारानाथ उपाध्यायको संयोजकत्वमा तिन (३) सदस्य समिति बनाइएको कम्पनीले जनाएको छ |
समितिले छनोटको मापदण्ड पुरा गरी पुरस्कार दिन योग्य पत्रकारहरू छनोट गरी कम्पनीको बोर्ड समक्ष सिफारिस गर्ने कार्य तालिका रहेको संयोजक तारानाथ उपाध्यायले जानकारी दिनु भयो |
प्रत्येक वर्ष साधारण सभाको अवसरमा कम्पनीले यस प्रकारको पुरस्कारले पत्रकारहरूलाई सम्मान गर्दै आइरहेको छ । उद्यमशीलता नै समाजको असली पहरेदार एवं प्रगतिको चालक हो र यसको लागि पत्रकारको कलमले थप सम्मान पाएको अनुभूति गर्न पाओस् भन्नको खातिर निरन्तर सम्मान गर्ने गरेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताउनु भयो |
बन्दीपुर केबलकारद्वारा तिन पत्रकारहरूलाई सम्मान सहित पुरस्कृत गर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en