नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले आफ्नो बहुप्रतिक्षित सेल दराज ११.११को आयोजना गर्दै छ । नेपालमा वर्षकै ठुलो सेलका रूपमा परिचित दराज ११.११ यस वर्ष, नोभेम्बर ११ देखि २१ सम्म आयोजना हुने भएको छ ।
बहुप्रतिक्षित यस सेलमा थप आकर्षण थप्न यस वर्ष फ्ल्यास सेलमार्फत ८० प्रतिशत सम्म छुट, देशभर निःशुल्क डेलिभरी सुविधा, र ३ करोड रुपैयाँ सम्मका भौचरहरूका साथै अविश्वसनीय छुट लगायत सुविधाहरू समेत उपलब्ध हुनेछन् ।
“ग्राहकहरूको वर्ष भरीको प्रतीक्षालाई सार्थक पार्ने सोचका साथ यस वर्षको दराज ११.११ सेलमार्फत हामीले हाम्रा ग्राहकहरूलाई अद्वितीय किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएका छौँ ।,“ प्रबन्ध निर्देशक, दराज नेपाल, आँचल कुँवरले बताए “यस सेलले ग्राहकहरूका लागि अप्रत्याशित छुटहरू उपलब्ध गराउनुका साथै हजारौँ स्थानीय विक्रेताहरूलाई आफ्ना पृथक् उत्पादनहरू प्रदर्शित गर्ने मौका प्रदान गर्नेछ ।
साथै, हाम्रो बृहत् सञ्जाल मार्फत देशभरका उपभोक्ताहरू माझ तिनका पृथक् उत्पादनहरू उपलब्ध गराउन तथा उपभोक्ताहरूलाई स्थानीय ब्रान्डहरूको उत्कृष्ट सामानहरू खोज्न सघाउने हाम्रो विश्वास छ ।“ विविध सामग्रीहरूका विस्तृत शृङ्खला र ब्राण्डेड उत्पादनहरू मध्य विशाल छनौटको अवसरसँगै, दराज ११.११ किनमेलको लागि एक अतुलनीय गन्तव्य हो ।
यस वर्षको दराज ११.११ सेलका लागि दराज नेपालले सात ओटा डाइमन्ड ब्रान्ड पार्टनरहरू राखेको छ, जसमा सेटाफिल, रोहोतो मेन्थोलाटम, मसलब्लेज, जुभारा, बोट, एडिडास, र बाल्ट्रा समावेश छन् । प्लेटिनम पार्टनरहरूमा टेक्नो, परफेट्टी, ग्रीनलाइफ एक्स्पिरियन्स, एंकर्स, डा. शेत, र एवीबी रहेका छन्। साथै, गोल्ड ब्रान्ड पार्टनरहरूमा भ्यान्स, मुनस्टार, अस्तावुल्फ, ईप्लाजा, मामाअर्थ, पिलग्रिम, र जेब्रोनिक्स रहेका छन् ।
यसै गरी, दराजले १० ओटा बैङ्क र २ ओटा वालेट पार्टनरहरूसँग मिलेर ११.११ सेलमा प्रिपेमेन्ट मार्फत २५०० सम्मको छुटहरू प्रदान गर्ने व्यवस्था पनि गरेको छ । यी बैङ्कका डेबिट कार्डहरू मार्फत डिजिटल प्रिपेमेन्ट गर्दा ग्राहकहरूले १५ प्रतिशत छुट, अधिकतम २००० सम्म, प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ । साथै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशत छुट, अधिकतम २५०० सम्म प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
ग्राहकहरू नबिल बैङ्क, हिमालयन बैङ्क, सानिमा बैङ्क, एभरेस्ट बैङ्क, एनएमबी बैङ्क, माछापुच्छ्रे बैङ्क, सिटिजन्स बैङ्क, नेपाल बैङ्क, ज्योति विकास बैङ्क, र महालक्ष्मी विकास बैङ्क मार्फत उपर्युल्लिखित छुट पाउन सक्नेछन् । त्यस्तै, आफ्नो ई–सेवा र आईएमई पे वालेट मार्फत प्रिपेमेन्ट गर्ने ग्राहकहरूले पनि दराज ११.११ को विभिन्न समयमा छुट प्राप्त गर्न सक्नेछन् ।
यी रोमाञ्चक अफरहरूका साथै, यस अभियान मार्फत दैनिक रूपमा ११, १११ र ११११ रुपैयाँका डिलहरू पनि सेलमा रहनेछन् । खरिदकर्ताहरूले ६९९, ९९९, १९९९ र २९९९ रुपैयाँभन्दा कममा उत्कृष्ट डिल्स पाउन सक्नेछन् ।
साथै, दराज ११.११ सेल अवधिभर कम्तीमा ३५०० रुपैयाँको सामग्री खरिद गर्ने एक भाग्यशाली खरिदकर्ताले प्यानासोनिकको ३५०००० रुपैयाँ मूल्य बराबरको घरायसी सामग्रीको सेट जित्न सक्नेछन् । थप पाँच जना ग्राहकहरूले कामाख्या डेकोर, बागमती प्लास्टिक्स, सेटाफिल, मामाअर्थ, र जिना अल्केमीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरु पनि जित्न सक्नेछन् ।
वर्षकै सर्वाधिक ठूलो सेल दराज ११.११ को आयोजना हुँदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en