
नेपाल व्यवस्थापन सङ्घको प्रथम उपाध्यक्षमा सुमन पोखरेल चयन हुनुभएको छ । शुक्रवार सम्पन्न सङ्घको ४३औँ वार्षिक साधारण सभाबाट पोखरेल आगामी दुई वर्षको लागि सङ्घको प्रथम उपाध्यक्षमा चयन हुनुभएको हो ।
बैङ्क वित्तीय संस्थामा दुई दशक भन्दा लामो अनुभव रहेका पोखरेलले शंकरदेव क्याम्पसबाट एमबिए गर्नुका साथै एमआइटी स्कुल अफ म्यानेजमेन्ट तथा इन्डियन स्कुल अफ म्यानेजमेन्टबाट डिजिटल फाइनान्स, फिनटेक तथा डिजिटल बिजनेस स्ट्राटेजीसम्बन्धी अध्ययन गर्नुभएको छ ।
पोखरेलले आईएमई ग्रुपको वरिष्ठ उपाध्यक्ष तथा नेपालको पायोनियर रेमिटेन्स कम्पनी आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरी सक्नुभएको छ ।
नेपाल व्यवस्थापन सङ्घको प्रथम उपाध्यक्षमा सुमन पोखरेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
