ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले २०८१ साल फागुन २७ गते देखि आइपिओ जारी गर्ने भएको छ । कम्पनीले रु. १०० अङ्कित दरमा १४ लाख ७६ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरी बिक्री गर्न लागेको हो ।
कम्पनीको अनुसार योग्य आवेदकले न्यूनतम १० कित्ता देखी अधिकतम १० हजार कित्तासम्म दरखास्त दिन पाउनेछन् ।
सो कम्पनीको आइपिओ निष्कासन बन्द हुने मिति (छिटोमा) चैत्र ०३ गते रहेको छ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा चैत्र १२ गते सम्म आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ।
सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
ओम मेगाश्री फर्मास्यूटिकल्सको आइपिओ फागुन २७ देखि खुल्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
