धितोपत्र बजारमा ४.१५ अंकको वृद्धि, नेप्से परिसूचक १८७०.६३ को विन्दुमा

 

धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव १५ अंकले बढेर १८७० दशमलव ६३ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ९५ अंकले बढेर ३६७ दशमलव १४ को विन्दुमा पुगेको छ ।



आज कूल २२२ कम्पनीका २६ लाख ९८ हजार ३४७ कित्ता शेयर रु ८२ करोड ९६ लाख ४६ हजार ९२० मा खरिद बिक्री भए ।



कारोबार भएका कूल १३ उपसमूह मध्य जलविद्युत उपसमूह २ दशमलव ३५ अङ्कले घटेकाे छ । बैंकिङ उपसमूह शुन्य दशमलव ९४ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह १ दशमलव १६ अङ्कले, होटल तथा पर्यटन उपसमूह ४.७९ अङ्कले, विकास बैंक उपसमूह ३४.०१ अङ्कले, वित्त उपसमूह १४.०२ अङ्कले, निर्जीवन बीमा ३२.६१ अङ्कले, उत्पादन उपसमूह ७३.३४ अङ्कले, अन्य उपसमूह २.४९ अङ्कले, लघुवित्त उपसमूह ३.७१ अङ्कले, जीवन बीमा उपसमूह १५.२३ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव ०२ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव १२ अङ्कले बढेको छ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x