नेपाल राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका प्रमुख गुरु प्रसाद पौडेलले बैङ्कमाथि गरिएको प्रहार अनुचित भएको बताएका छन्। उनले भने, "पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैङ्कबाट इजाजत पत्र प्राप्त 'क' वर्गको वाणिज्य बैङ्क— ग्लोबल आइएमई बैङ्कमाथि गरिएको प्रहार गलत हो। कसैको उक्साहटमा त्यस्ता उच्छृङ्खल गतिविधिमा संलग्न नहुने नै राम्रो हुन्छ।"
बैङ्किङ क्षेत्रका विज्ञहरूले पनि कुनै व्यक्तिगत विषयलाई देशकै ठुलो वाणिज्य बैङ्कसँग जोडेर बैङ्कलाई अप्ठ्यारोमा पार्ने प्रयास गरिनु अनुचित भएको बताएका छन्। उनीहरूका अनुसार, यस्तो प्रकारको गलत प्रचारले बैङ्किङ प्रणालीप्रति अविश्वास सिर्जना गर्ने खतरा रहन्छ, जुन समग्र अर्थतन्त्रका लागि हानिकारक हुन सक्छ।
पाथीभरा केबलकार विवादमा ग्लोबल आइएमई बैङ्कलाई निशाना बनाउनु गलत : गुरु प्रसाद पौडेल
![](https://gyanmandu.com/news_images/20250206070051.jpg)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
![](https://gyanmandu.com/frontend/images/reactions/like.png)
0%
![](https://gyanmandu.com/frontend/images/reactions/clap.png)
0%
![](https://gyanmandu.com/frontend/images/reactions/support.png)
0%
![](https://gyanmandu.com/frontend/images/reactions/love.png)
0%
![](https://gyanmandu.com/frontend/images/reactions/curious.png)
0%
![](https://gyanmandu.com/frontend/images/reactions/insightful.png)