“लगानीकर्तासँग प्रत्यक्ष रेडियो संवाद कार्यक्रम” प्रशारण गरिने

ज्ञानमाण्डू। लगानीकर्ताको धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी सचेतना अभिवृद्धी गर्ने र धितोपत्र बजारसम्बन्धी गुनासो तथा समस्याहरु संबोधन गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले लगानीकर्तासँग प्रत्यक्ष रेडियो संवाद कार्यक्रम प्रशारण गर्ने भएको छ ।

उक्त रेडियो कार्यक्रम हरेक महिनाको पहिलो बुधबार बिहान ७ः३० बजेदेखि ८ः०० बजेसम्म मासिक रुपमा रेडियो कान्तिपुरबाट प्रशारण गर्ने बोर्डले जनाएको छ ।

यस कार्यक्रमको पहिलो शृइ्खला वि.सं २०७६ बैशाख ४ गते प्रशारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x