सिटिजन्स बैङ्क र चरक मेमोरियल हस्पिटलबिच समझदारी

सिटिजन्स बैङ्क  र पोखरा, कास्की स्थित चरक मेमोरियल हस्पिटल बिच सिटिजन्स बैङ्कका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्र अनुसार सिटिजन्स बैङ्कका कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले चरक मेमोरियल हस्पिटलमा २०% सम्मको आकर्षक छुट पाउनेछन् । सो किसिमको सहकार्यबाट बैङ्कका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैङ्कले लिएको जनाएको  छ ।

बैङ्कले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैङ्कको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x