ज्ञानमाण्डू। नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७८/७९ को ८ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रकाशित गरेको छ । उक्त प्रकाशित तथ्याङ्कका प्रमुख झलकहरू यस प्रकार रहेका छन् ।
- वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.१४ प्रतिशत छ ।
- आयात ३८.६ प्रतिशतले र निर्यात ८२.९ प्रतिशतले बढेको छ ।
- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १.७ प्रतिशत र अमेरिकी डलरमा ३.० प्रतिशतले घटेको छ ।
- वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेकाे सङ्ख्या २,२७,९०० पुगेकाे छ।
- शोधनान्तर स्थिति रु.२५८ अर्ब ६४ करोडले घाटामा छ ।
- कुल ग्राहस्थ उत्पादन (GDP) गत वर्ष २.१ प्रतिशतले ऋणात्मक रहेकोमा चालु आ.व. को फागुनसम्ममा ४ प्रतिशतले सकारात्मक वृद्धि भएको छ।
- कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५८ करोड अमेरिकी डलर रहेको छ ।
- सङ्घीय सरकारको खर्च रु.६७५ अर्ब ३० करोड र राजस्व परिचालन रु.६८४ अर्ब ७० करोड छ ।
- विस्तृत मुद्रा प्रदाय ३.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्रा प्रदाय १२.७ प्रतिशतले बढेको छ ।
- बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ४.१ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १२.८ प्रतिशतले बढेको छ ।
- वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाकाे वृद्धिदर २२.२ प्रतिशत छ ।
- मर्जर तथा एक्वीजीसनले बैक तथा वित्तीय संस्थाहरूको सङ्ख्या घटेर १२८ पुगेको छ भने शाखा सञ्जाल बढेर ११,३४९ पुगेको छ।
- कुल ७५३ स्थानीय तहमध्ये ७५० तहमा वाणिज्य बैङ्कहरूका शाखा विस्तार भएका छन्।