यो साता कारोबारको अन्तिम दुई दिन पुँजी बजारमा कारोबार रकम उल्लेख्य रूपमा बढेको छ । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढ्दा कारोबार रु ५ अर्ब ८९ करोड नाघेको थियो भने नेप्से परिसूचक आज ९ दशमलव ३२ अङ्कले घट्दा कारोबार करिब रु ६ अर्ब ४४ करोड रहेको छ ।
नेप्से परिसूचक आज शून्य दशमलव ४३ प्रतिशतले घटेर २ हजार १ सय १२ दशमलव २९ को बिन्दुमा कायम भएको छ । ३ सय १३ कम्पनीहरूको १ करोड ४२ लाख ९४ हजार सात सय १२ कित्ता शेयर ७७ हजार ४ सय पटक खरिद बिक्री हुँदा रु ६ अर्ब ४४ करोड ३० लाख २९ हजार बराबरको कारोबार भएको हो ।
आजको कारोबारमा विकास बैङ्क समूह १ दशमलव ३ र वित्त समूह २ दशमलव ०३ प्रतिशतले बढेका छन् भने अरू सबै समूहहरू घटेका छन् । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह र व्यापार समूह समान एक दशमलव तीन प्रतिशतले घटेका छन् ।
त्यस्तै, बैङ्किङ ० दशमलव ४३, होटेल तथा पर्यटन ० दशमलव १५, जलविद्युत् ० दशमलव १५, जलविद्युत् ० दशमलव ५९ र लगानी ० दशमलव ६४ प्रतिशतले घट्दा जीवन बीमा समूहको उपसूचक० दशमलव ५१, लघुवित्तको ० दशमलव ३८, म्युचुअल फण्डको ० दशमलव ११, निर्जीवन बीमाको ० दशमलव ८२ र अन्य समूहको उपसूचक ० दशमलव ८१ प्रतिशतले घटेका छन् ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु २८ करोड ४७ लाख ३९ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन बैङ्क लिमिटेड प्रमोटर शेयर सात लाख ५० हजार तीन सय ९४ कित्ता शेयर किनबेच भएको छ ।
धिताेपत्र बजारमा करिब साढे ६ अर्बको कारोबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
