महालक्ष्मी विकास बैङ्कको डिजिटल क्यालेन्डर २०८२ सार्वजनिक

महालक्ष्मी विकास बैङ्कले “महालक्ष्मी क्यालेन्डर २०८२” को डिजिटल संस्करण सार्वजनिक गरेको छ । बैङ्कको केन्द्रीय कार्यालय, दरबारमार्गमा आइतबार आयोजित कार्यक्रमका बिच सार्वजनिक गरेको हो ।

बैङ्कले परम्परागत रूपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्देश्य अनुरूप डिजिटल संस्करण सार्वजनिक गरेको हो । महत्त्वपूर्ण चाडपर्वहरू, तिथि, बिदा, शुभ साइत तथा विक्रम संवत्, नेपाल संवत् तथा अङ्ग्रेजी संवत्को मितिहरू लगायतका सम्पूर्ण विषयवस्तुहरू डिजिटल क्यालेन्डरमा समावेश गरिएको बैङ्कले जनाएको छ । नयाँ डिजिटल संस्करण प्रयोगकर्ताहरूको लागि अझ सहज र उपयोगी हुनुका साथै नेपालीहरूको संस्कृतिलाई सम्बद्ध तथा निरन्तरता प्रदान गर्न टेवा पुग्ने विश्वास बैङ्कले लिएकाे जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x