डिप्रोक्स लघुवित्तमा रोजगारीको अवसर, SLC/SEE पासलाई पनि मौका

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्रप्राप्त हाल ७३ जिल्लामा १५६ शाखा कार्यालयहरू मार्फत लघुवित्त सेवा प्रदान गर्दै आई रहेको राष्ट्रियस्तरको संस्था डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शाखा कार्यालयहरूमा देहाय बमोजिमका योग्यता पुगेका ग्रामीण क्षेत्रमा काम गर्न ईच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको कर्पोरेट कार्यालय सितापाईला, काठमाण्डौं वा ईमेल [email protected] मार्फत आईपुग्ने गरी आफ्नो योग्यता, अनुभव, नागरिकता प्रमाणपत्रको प्रतिलिपि स्वयम् प्रमाणित गरी यस संस्थाले तोकेको ढाँचामा रीतपूर्वक दरखास्त आह्वान गरेकाे छ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

१. विज्ञापन नं. १०/२०८० / ०८१ (खुल्ला)
(क) पदः सहायक अधिकृत
(ख) पद संख्याः ६ (छ)
(ग) श्रेणीः अधिकृत
(घ) शैक्षिक योग्यता / अनुभवः मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम स्नातक तह वा सो सरह उत्तीर्ण गरी २ वर्षको लघुवित्त वा बैंक वा वित्तीय संस्थामा कार्य गरेको अनुभव भएको ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

२. विज्ञापन नं. ११/२०८०/०८१ (खुल्ला)
(क) पदः कार्यक्रम सहायक
(ख) पद संख्याः १६ (सोह्र)
(ग) श्रेणी : सहायक
(घ) शैक्षिक योग्यता / अनुभवः मान्यता प्राप्त शिक्षण संस्थाबाट / बोर्डबाट न्यूनतम एस.एल.सी. / एस.ई.ई. वा सो सरहको परीक्षा उत्तीर्ण गरी २ (दुई) वर्ष लघुवित्त क्षेत्रको अनुभव भएको ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

अन्य जानकारी :
१. दरखास्त फारम यस वित्तीय संस्थाको वेबसाइट
https://www.deproscbank.com.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।
२. उल्लेखित पदहरूको पाठ्यक्रम यस वित्तीय संस्थाको वेबसाइट
https://www.deproscbank.com.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।
३. कार्यक्रम सहायकको हकमा प्रविणता प्रमाण पत्र / दश जोड दुई उत्तीर्ण गरेका र सहायक अधिकृतको हकमा स्तातकोत्तर गरेका उमेदवारलाई प्राथमिकता दिइने छ । नेपाल बाहिरको शैक्षिक संस्थाबाट उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र भएमा समकक्षता मान्य प्रमाण (Equivalence Certificate) समेत पेश गर्नु पर्नेछ ।
४. लघुवित्त वित्तीय संस्थामा काम गरेका, मोटरसाईकल चालक अनुमतिपत्र भएका तथा कम्प्युटर सम्बन्धी दक्ष उमेदवारलाई प्राथमिकता दिइनेछ ।
५. परीक्षाको किसिम लिखित र अन्तरवार्ता हुनेछ ।
६. दरखास्त दिने अन्तिम मितिमा उमेरको हद कार्यक्रम सहायककोहकमा १८ वर्ष पुरा गरी ३५ वर्ष ननाघेको र सहायक अधिकृतकोहकमा २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको (महिलाकोहकमा ४० वर्ष ननाघेको) हुनु पर्नेछ ।
७. साे वित्तीय संस्थाका बहालवाला कर्मचारीहरूलाई उमेरको हद लाग्ने छैन ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

८. रित पूर्वक प्राप्त निवेदनहरू मध्येबाट संस्थाको आवश्यकता अनुसार छानविन गरी छनौट सूची तयार गरिनेछ । छनौट सूचीमा परेका निवेदकहरूलाई मात्र परीक्षा दस्तुर लिई लिखित परीक्षामा सहभागी गराईनेछ । लिखित परीक्षा हुने मिति, स्थान र समयको सूचना फोन वा संस्थाको वेबसाईटबाट जानकारी गराइनेछ ।
९. लिखित परीक्षामा उत्तीर्ण भएका उमेदवारलाई मात्र अन्तरवार्तामा सहभागी गराइनेछ ।
१०. अन्तरवार्ता परीक्षाबाट योग्यताक्रमको आधारमा सिफारिस भएका उमेदवारलाई तोकिएको पदमा परीक्षणकालमा नियुक्तिको लागि सिफारिस गरिनेछ ।
११. परीक्षणकालमा नियुक्ति भएका उमेदवारहरूले वित्तीय संस्थाले तोकेको कार्यालयमा गई काम गर्नु पर्नेछ ।
१२. सहायक अधिकृतको रू. ७०० /- र कार्यक्रम सहायकको रू. ४०० /- परीक्षा दस्तुर लाग्नेछ ।
१३. तलव तथा अन्य सुविधाहरू संस्थाको नियमानुसार हुनेछ ।
१४. प्राप्त दरखास्त फारमहरू कुनै कारण जनाई वा नजनाई अस्वीकृत गर्न सक्ने अधिकार वित्तीय संस्थाको पदपूर्ति समितिमा सुरक्षित रहनेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x