आइएमई जनरल इन्स्योरेन्सकाे शेयर आज देखि लिलामीमा

ime general insurance


ज्ञानमाण्डू। आइएमई जनरल इन्स्योरेन्स लिमिटेडकाे आवेदन नपरेका केही हकप्रद शेयरहरु बैशाख १२ गते साेमबार (आज ) देखि लिलामीमा आउँदै छन् । कम्पनीले हकप्रद १० बराबर ४ को अनुपातमा हकप्रद शेयर फागुन १२ गते देखि चैत १३ गतेसम्म बिक्री खुल्ला गरेकाेमा संस्थापक समूहतर्फ २,२६१ कित्ता र सर्वसाधारण समूहतर्फ ८८,८३४ कित्ता शेयरको लागि आवेदन नपरेकाले उक्त शेयर लिलामी प्रक्रीयाबाट विक्री गर्न लागेको हो।


शेयरको न्युनतम मूल्य प्रति शेयर रु.१००/- तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याको लागी कुनै हद नलाग्ने कम्पनीले जनाएकाे छ ।

याे शेयरकाे शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति बैशाख २० गते सम्म रहेकाे कम्पनीले जनाएकाे छ भने शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x