सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?



सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८० साल पौष १६ गते, सोमवारका दिन बसेको सञ्चालक समितिको ९७ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०७९/०८० को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।


कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७९/०८० को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम रु. १८ करोड ७५ लाख बराबरको बोनस शेयर र ०.२६३२ प्रतिशतले हुन आउने रकम रु. ९८ लाख ६८ हजार ४२१ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी जम्मा ५.२६३२ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरण र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात् मात्र वितरण हुने कम्पनीले जनाएको छ।

Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

33.33%
0.00%
0.00%
33.33%
33.33%
0.00%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x