एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा


एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीका एक संस्थापक शेयरधनीको नाममा रहेको ४ लाख ९७ हजार ९६० कित्ता संस्थापक शेयर बिक्रीका लागि प्रस्ताव गरिएको हो।

कम्पनीले नेपाल बीमा प्राधिकरण द्वारा जारी ‘बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७’ अनुसार हाल कायम रहेका विद्यमान संस्थापक शेयरधनीहरूलाई मात्रै प्राथमिकताका आधारमा खरिद गर्न पाउने व्यवस्था गरेको जनाएको छ।

इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। आवेदन दिँदा ‘फिट एन्ड प्रपर टेस्ट’ सम्बन्धी प्रमाणहरू पनि अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।

आवेदन मैतीदेवी स्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ। शेयरको मूल्य भने विक्रेताले तोकेअनुसार रहनेछ।

यदि तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नआएमा, प्रचलित कानुनअनुसार अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x