नेप्सेमा एभरेष्ट बैङ्कको बोनस शेयर सूचीकृत


नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पौष १६ गते सोमबारका दिन एभरेष्ट बैङ्क लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा सोमबार एभरेष्ट बैङ्क लिमिटेडको कुल १ करोड ६ लाख ९८ हजार ०९४.४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

आर्थिक वर्ष २०७९/८० को नाफाबाट एभरेष्ट बैङ्क लिमिटेडले १० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । उक्त कम्पनीको सोही बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x