राष्ट्रिय स्तरका विकास बैङ्कहरूमध्ये सर्वाधिक लाभांश दिनेमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क



नेपालमा सञ्चालित आठ राष्ट्रिय स्तर विकास बैङ्कहरूमध्ये  शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले आर्थिक वर्ष (आ.व. ) २०७९/०८० सम्मको मुनाफाबाट सर्वाधिक लाभांश दिन सफल भएको छ । बैङ्कले आ.व. २०७९/०८० को मुनाफाबाट १० दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५५ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश (कर प्रयोजनको लागि  ) गरी जम्मा ११ दशमलव ०५ प्रतिशत लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गर्ने प्रस्ताव यही मङ्सिर २३ गते पन्ध्रौँ वार्षिक साधारण सभा मार्फत पारित गरिसकेको छ ।



राष्ट्रिय स्तरका विकास बैङ्कमध्ये दोस्रोमा मुक्तिनाथ विकास बैङ्कले कुल १० दशमलव २६३२ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो जसमा ९ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५१३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) रहेको छ भने तेस्रोमा गरिमा विकास बैङ्कले कुल १० प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा ९ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) रहेको छ । 



त्यस्तै लुम्बिनी विकास बैङ्कले कुल ८ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा ४ प्रतिशत बोनस शेयर र ४ दशमलव ५० प्रतिशत नगद लाभांश रहेको छ । यता महालक्ष्मी विकास बैङ्कले ६ दशमलव ४ प्रतिशत नगद लाभांश र सांग्रिला डेभलपमेन्ट बैङ्कले ५ दशमलव २६३ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) रहेको छ ।

कामना शेवा विकास बैङ्क र ज्योति विकास बैङ्कले भने गत आर्थिक वर्षको लागि कुनै पनि लाभांशको प्रस्ताव गरेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x