नेप्सेमा दुई कम्पनीहरूको बोनस शेयर सूचीकृत


नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वैशाख १४ गते बिहीबारका दिन अरुण भ्याली हाईड्राेपावर डेभलपमेण्ट कम्पनी लिमिटेड र गरिमा विकास बैङ्क लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा बिहीबार अरुण भ्याली हाईड्राेपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको कुल १३ लाख ८३ हजार ६७६ कित्ता र गरिमा विकास बैङ्क लिमिटेडको कुल ५९ लाख ६८ हजार १३५.५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अरुण भ्याली हाईड्राेपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ८ प्रतिशत र गरिमा विकास बैङ्क लिमिटेडले १३ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेका थिए । उक्त कम्पनीहरूको सोही बोनस शेयर नेप्सेमा बिहीबार सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x