उदयपुर मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर विस्तार



मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको गाईघाटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।


त्रियुगा नगरपालिका वडा नम्बर १०, बोक्से स्थित मालपोत कार्यालयमा बुधबारबाट मेगा बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको हो । अब मालपोत कार्यालयको सबै सेवाको आर्थिक कारोबार बैंकमार्फत नै हुने भएकाले सेवाग्राहीलाई सहज हुने र मालपोत कार्यालयलाई पनि आर्थिक पारदर्शितामा सहज हुने विश्वास लिएको छ ।

एक्सटेन्सन काउन्टर विस्तार गरेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरूप मेगा बैंकले यसअघि पनि विभिन्न स्थानहरूमा एक्सटेन्सन काउन्टरहरू विस्तार गरिसकेको छ । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको हाल देशभर २०८ वटा शाखा र २६ वटा एक्सटेन्सन काउन्टरहरू सञ्चालित छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x