College of Medical Sciences र प्रभु बैङ्कबिच विशेष छुट सम्झौता

चितवन, भरतपुर महानगरपालिका वाड नं–१० स्थित कलेज अफ मेडिकल साइन्स (College of Medical Sciences) र प्रभु बैङ्क लिमिटेड बिच विशेष छुट सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । मिति २०८१/०६/१३ गतेका दिन प्रभु बैङ्कका तर्फबाट चितवन प्रदेश प्रमुख साङ्ग्रिला श्रेष्ठ तथा College of Medical Sciences का तर्फबाट Additional Director डा.मनोहर प्रधान ले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार College of Medical Sciences सँग प्रभु बैङ्क लिमिटेड का ग्राहक तथा कर्मचारीहरूले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने भएका छन् । सिओएमएस मा उपचार गर्दा औषधि, सिटि स्क्यान र एमआरआई  बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजि मा समेत २०% सम्म को छुट पाउने छन् ।  प्रभु बैङ्क लिमिटेड का ग्राहक तथा कर्मचारीहरूले College of Medical Sciences को सुविधा तथा सेवा प्राप्त गर्नको निमित्त बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैङ्कका अन्य कुनै विद्युतीय प्रणाली द्वारा विल भुक्तानी गर्नुपर्ने छ । तर यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैङ्क लिमिटेड का ग्राहक तथा कर्मचारीहरूलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात अनिवार्य पेस गर्नुपर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x