एन आई सी एशिया बैङ्कले यती एयरलाइन्ससँगको सहकार्यमा ल्यायो NIC ASIA Sky Club Card, प्रयोगकर्ताहरूलाई हवाई टिकटमा १०% छुटसहित अन्य सुविधाहरू

एन आई सी एशिया बैङ्कले यती एयरलाइन्ससँगको सहकार्यमा NIC ASIA Sky Club Card  सार्वजनिक गरेको छ । Visa Co–branded Card का रूपमा आएको सो कार्ड यती एयरलाइन्स तथा सो बैङ्कका सम्पूर्ण ग्राहकहरूले प्राप्त गर्न सक्नेछन् भने सो कार्डको प्रयोग गरेर उक्त एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुट सहित अन्य सुविधाहरू उपलब्ध हुने गरी बैङ्क र एयरलाइन्स बिच समझदारी भएको छ ।

यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर सो कार्डबाट ई–कमर्स भुक्तानी गरी एयरलाइन्सका सबै प्रकारका टिकट काट्दा ग्राहकहरूले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा प्राप्त गर्नुहुनेछ । यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दा समेत उक्त छुट उपलब्ध हुनेछ । साथै, उक्त कार्डको प्रयोग गरेबापत देशभरका विभिन्न होटेल, रेस्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको Sky Club Card मा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सक्नेछन् ।

सो कार्ड लिनका लागि ग्राहकहरूले बैङ्कको शाखा कार्यालयमा पुगेर आवेदन दिन सक्नेछन् । सो आकर्षक साझेदारीले बैङ्क र एयरलाइन्सका ग्राहकहरूलाई टिकट खरिदमा अधिकतम छुटका अलावा विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त भई अत्यधिक फाइदाहरू उपभोग गर्नेछन् भन्ने विश्वास बैङ्कले लिएको बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x