नेपाल राष्ट्र बैङ्कद्वारा सीमित कर्मचारी मार्फत संवेदनशील प्रणाली सञ्चालन गर्न आग्रह

Gyanmandu | Achieving Excellence Together
नेपाल राष्ट्र बैङ्कले सबै इजाजतप्राप्त बैङ्क, विकास बैङ्क, वित्त कम्पनी तथा भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई सीमित कर्मचारीमार्फत मात्र संवेदनशील प्रणाली सञ्चालन गराउन सूचना जारी गरेको छ।

रक्षा मन्त्रालय र नेपाली सेनाले २०८२ भदौ २५ गते जारी गरेको विज्ञप्ति नं. १६ लाई आधार मानेर राष्ट्र बैङ्कले उक्त सूचना सार्वजनिक गरेको हो।

निर्देशनअनुसार अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानी सेवा निरन्तरता दिनुपर्ने भएकाले संवेदनशील प्रणालीमा सीमित कर्मचारी खटाइ सञ्चालन गर्नुपर्नेछ। अन्य प्रणाली भने जोखिम मूल्याङ्कनको आधारमा Remote Access मार्फत सञ्चालन गर्न सकिने व्यवस्था मिलाउन भनिएको छ।

त्यसै गरी, सञ्चालनमा रहेका शाखा, एटिएम तथा उपलब्ध सेवाबारे जानकारी आफ्ना आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई निरन्तर अद्यावधिक गर्न समेत राष्ट्र बैङ्कले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x