देशभरका आन्दोलन र प्रदर्शनका क्रममा भएको जनधन तथा सम्पत्तिको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासङ्घले गहिरो दुःख प्रकट गरेको छ। ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारलाई समवेदना प्रकट गरेको महासङ्घले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
महासङ्घले युवापुस्ताले सुशासन, भ्रष्टाचार नियन्त्रण, मर्यादित रोजगारी, स्वरोजगारी, राजश्वको सदुपयोग र वाक स्वतन्त्रताको माग गर्दै देखाएको चासो विवेकपूर्ण रूपमा सम्बोधन हुनुपर्नेमा जोड दिएको छ। यसलाई सम्बोधन गर्दै मुलुकलाई समुन्नतिको यात्रामा अघि बढाउनुपर्ने अपेक्षा पनि महासङ्घले राखेको छ।
पछिल्ला घटनाक्रममा उद्यमी तथा व्यवसायीका उद्योग, कार्यालय, प्रतिष्ठान र निवासमा तोडफोड तथा आगजनीका घटना भएको भन्दै महासङ्घले कडा शब्दमा भर्त्सना गरेको छ। यसरी भएको अर्बौँ रुपैयाँ बराबरको क्षतिले राजश्व सङ्कलन र कुल गार्हस्थ्य उत्पादनमा गम्भीर असर पार्ने प्रारम्भिक मूल्याङ्कन महासङ्घले गरेको छ।
निजी क्षेत्रका गतिविधि रोकिँदा अर्थतन्त्रमा थप दबाब पर्ने चेतावनी दिँदै महासङ्घले सुरक्षाको सुनिश्चितता गर्न आग्रह गरेको छ। निषेधाज्ञा र कर्फ्युका बिच पनि अत्यावश्यक सेवा, औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थ, दूध, पानी तथा तरकारीको ढुवानीमा सहजता दिलाउनुपर्ने माग गरिएको छ। साथै, भन्सार नाकामा सुरक्षा व्यवस्था गर्दै अत्यावश्यक सामानको आयात–निर्यात सुनिश्चित गर्न पनि महासङ्घले जोड दिएको छ।
महासङ्घले गुणस्तरीय सामानको नियमित आपूर्ति गर्न देशभरका व्यवसायीलाई आह्वान गर्दै प्रदेश, जिल्ला र नगर स्तरका सङ्घमार्फत अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गरेको छ। नेपालका निजी क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत, राजश्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान दिइरहेको तथ्य स्मरण गराउँदै महासङ्घले व्यवसायमैत्री वातावरण बिना समृद्धि र स्थायित्व सम्भव नहुने स्पष्ट पारेको छ।
स्थायित्वका लागि युवापुस्ताको चाहनाअनुरूप सुशासन, स्वतन्त्र पेसा–व्यवसाय गर्ने अधिकार र लगानी–रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गर्नुपर्नेमा महासङ्घले सरकार र सरोकारवालालाई ध्यानाकर्षण गराएको छ।
आन्दोलनले गरेको क्षतिप्रति महासङ्घको चिन्ता, शान्ति–सुरक्षा र व्यावसायिक वातावरण सुनिश्चित गर्न आग्रह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en