नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ। गत साउन ६ देखि भदौ २ गतेसम्म १० बराबर ३.४७८३ अनुपातमा निष्कासन गरिएको हकप्रद शेयरमा आवेदन नपरेको हिस्सा अब बढाबढ प्रक्रियाबाट बिक्रीमा आउने भएको हो।
लिलामीमा संस्थापक समूहका १ लाख ९२ हजार ५७४ कित्ता र सर्वसाधारणतर्फ ४ हजार ४६८.७६ कित्ता शेयर उपलब्ध छन्। इच्छुक लगानीकर्ताले असोज ५ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन्।
शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले उक्त मूल्य वा सोभन्दा बढी अङ्कित गरी आवेदन दिनुपर्नेछ। संस्थापक समूहका लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहका लागि न्यूनतम १०० कित्तादेखि आवेदन गर्न सकिने व्यवस्था छ। बढी आवेदन १० अङ्कले भाग जाने सङ्ख्यामा हुनुपर्नेछ।
यस लिलामीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन फारम एनआईएमबि एस क्यापिटलको लाजिम्पाट स्थित केन्द्रीय कार्यालय तथा पोखरा (चिप्लेढुङ्ग), बुटवल (ट्राफिकचोक), वीरगन्ज (आदर्शनगर) र विराटनगर (गोल्छा चोक) शाखाबाट लिन र बुझाउन सकिनेछ।
नेपाल इन्स्योरेन्सले लगानीकर्ताहरूलाई तोकिएको समय सीमाभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरेको छ।
नेपाल इन्स्योरेन्सको अवितरित हकप्रद शेयर असोज ५ गते सम्म लिलामीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
