Gen Z आन्दोलन: राष्ट्रिय एकताको आह्वान र सकारात्मक परिवर्तनको आधार

नेपालीहरूको सामूहिक चेतनामा अब एउटा नयाँ शब्द र अवधारणा लोकप्रिय भइरहेको छ – जेनजी (Gen Z)। यो केवल एउटा संक्षिप्त नाम भन्दा बढी, राष्ट्रिय पुनर्निर्माणको लागि एउटा जनआकाङ्क्षाको प्रतीक जस्तो बनेको छ। यसले गर्दा देशभरि एउटा नयाँ उत्साह, एउटा नयाँ विश्वास र साझा लक्ष्यतर्फ बढ्ने सकारात्मक आन्दोलनको सुरुवात भएको छ। यो समय यस आन्दोलनको वास्तविकता, यसको लक्ष्य र हामी सबैले कसरी सहभागी हुन सक्छौँ भन्ने बारेमा स्पष्ट र व्यवस्थित चिन्तन गर्ने हो भन्ने देखिएको छ।

जेनजी: एउटा परिचय
जेनजी भन्नाले केवल भू-क्षेत्रीय चित्र भन्दा बढीको सङ्केत गर्दछ। यो एउटा विचार हो, एउटा दर्शन हो जसको केन्द्रमा राष्ट्रिय गौरव, अखण्डता, र आर्थिक स्वावलम्बन रहेको छ। यसको उद्देश्य नेपाललाई कमजोर, निर्भर र विखण्डनको खतरामा परेको मुलुकको रूपमा हेर्ने सोचाइलाई परिवर्तन गर्दै, यसलाई शक्तिशाली, स्वाभिमानी र एकताबद्ध राष्ट्रको रूपमा पुनर्स्थापित गर्नु पर्छ भन्ने बिचारमा विकास भएको छ ।

जेनजी आन्दोलन: सकारात्मकताको शक्ति
यो आन्दोलन सडकमा हिंसा, उन्माद वा विध्वंसक कार्यवाहीमा आधारित हुनु हुँदैन। यो आन्दोलन जनचेतना, शिक्षा, र सकारात्मक संवादमा आधारित हुनु पर्दछ। यसको मुख्य शक्ति नै युवा, बुद्धिजीवी, र सामान्य नागरिकहरूको त्यो अपार उत्साह र देशप्रतिको प्रेम हो। यसले सामाजिक सञ्जालबाट सुरु भएर जनआन्दोलनको रूप लिँदै छ, जुन एकदमै प्रशंसनीय छ।

लक्ष्य पुर्‍याउन उत्तिकै संयमता अपनाउनु जरुरी देखिएको छ। यहाँ उत्साह र विचार मात्रै पर्याप्त हुँदैनन्। लक्ष्यलाई प्राप्त गर्न एउटा स्पष्ट, व्यवहारिक र समयबद्ध रणनीति (Time-Bound Strategy) को आवश्यकता हुन जरुरी छ। आन्दोलनलाई छोटो, मध्यम र दीर्घकालीन चरणमा बाँड्नु पर्छ। पहिलो चरणमा जनजागरण, दोस्रोमा नीतिगत मागहरूको लागि दबाब निर्माण र तेस्रोमा सकारात्मक सहयोगीको रूपमा सरकारसँग काम गर्ने। एकै चोटि धेरै मुद्दाहरूमा ध्यान केन्द्रित गर्नुभन्दा राष्ट्रिय एकता, भ्रष्टाचार विरुद्धको लडाई, र आर्थिक सशक्तीकरण जस्ता कोर विषयहरूमा केन्द्रित हुनु राम्रो हो। प्रत्येक लक्ष्यको लागि यथार्थ पूर्ण समय सीमा तोक्नु पर्छ। यसले आन्दोलनलाई ठोस र परिणाममूलक बनाउन मद्दत गर्दछ।

राष्ट्रिय सम्पत्तिको सम्मान
कुनै पनि सकारात्मक परिवर्तनको आन्दोलनले राष्ट्रिय सम्पत्ति, सार्वजनिक सामग्री, र ऐतिहासिक धरोहरहरूको पूर्ण सम्मान गर्नु पर्छ। आन्दोलनको शक्ति विध्वंसमा होइन, निर्माणमा हुनुपर्छ। सडक, सार्वजनिक भवन, र प्रतीकहरूको क्षति राष्ट्रिय क्षति हो, र यसले आन्दोलनको विश्वसनीयतालाई नै हानी पुर्‍याउँछ।

स्पष्ट एजेन्डा र घुसपैठ बहिष्कार
जेनजी आन्दोलनले आफ्नो एजेन्डा स्पष्ट, पारदर्शी र सबैको लागि सहज बोध्य गराउनु जरुरी छ। यसले आन्दोलनभित्र घुसपैठ (Infiltration) को खतरालाई कम गर्छ। बाहिरी तत्त्व, हिंसाका लागि उत्सुक समूह, वा राजनीतिक दलहरूले आफ्नो स्वार्थ सिद्धिको लागि यस आन्दोलनलाई अपहरण गर्न नपाओस् भन्ने कडा निगरानी राख्नु पर्छ। आन्दोलनको नेतृत्वले यसबारे सचेत रहनु पर्छ र कुनै पनि प्रकारको विचलनलाई तुरुन्तै अस्वीकार गर्नु पर्छ।

हिंसाको अवज्ञा (Non-Violence)
अहिंसा कुनै पनि सफल जनआन्दोलनको सबैभन्दा शक्तिशाली हतियार हो। महात्मा गान्धीदेखि मार्टिन लूथर किङ सम्म, इतिहासले यो प्रमाणित गरिसकेको छ। हिंसाले आन्दोलनको नैतिक श्रेष्ठतालाई नष्ट गर्दछ र दमनको बाटो खुल्ला गर्दछ। जेनजी आन्दोलनले शान्तिपूर्ण प्रदर्शन, संवाद, र रचनात्मक कार्यक्रममा मात्र केन्द्रित गरेर नै आफ्नो शक्ति बढाउन सक्छ।

यसै सन्दर्भमा, राज्यले गरेका कुनै पनि अतिरिक्त दमनका कार्यहरूको पनि खुलेर विरोध गर्दछौँ। आन्दोलनका क्रममा ज्यान आहुति दिने नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, शान्तिपूर्ण आन्दोलनमा सहभागी भएका नागरिकप्रति हिंसा, दमन र दुर्व्यवहार कुनै पनि लोकतान्त्रिक सरकारको विशेषता हुन सक्दैन भन्ने कुरा स्पष्ट छ। यस्तो दमन रोकिनु पर्छ र यसको निन्दा हुनुपर्छ। सरकारलाई आग्रह गर्नु पर्दछ कि आन्दोलनकारीहरूप्रति भएका कुनै पनि दुर्व्यवहारको तुरुन्तै अनुसन्धान गरियोस् र जिम्मेवारलाई कानुनको कठघरा अगाडि ल्याइयोस्। साथै, दमनका कारण दुखित परिवारहरू, विशेष गरी मृतकको परिवारलाई, राज्यबाट न्याय र उचित मुआवजा प्रदान गरियोस्।

वाक् स्वतन्त्रता र अभिव्यक्तिको अधिकार
नेपालको संविधानले हरेक नागरिकलाई वाक् र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गर्दछ। जेनजी आन्दोलन जस्ता शान्तिपूर्ण सामूहिक अभिव्यक्तिलाई दबाउनु संवैधानिक मूल्यमा आघात हो। सरकारलाई सम्झाउन आवश्यक छ कि, यस देशको कानुन र अन्तर्राष्ट्रिय मानव अधिकार ऐनहरूअनुसार पनि यो अधिकार पवित्र छ। आन्दोलनकारीहरूको मागलाई सुन्ने, संवादमा बस्ने र समाधानतर्फ बढ्ने नै लोकतन्त्रको शक्ति हो। अभिव्यक्तिको अधिकारमाथि कुनै पनि प्रकारको अनावश्यक प्रतिबन्ध रोकिनु पर्छ।

आगामी कार्यदिशा अथवा भविष्यको मार्ग निर्देशन स्पष्ट गरी आन्दोलनलाई एक ढाँचाबद्ध, जिम्मेवार संस्थाको रूपमा विकास गर्नु पर्छ, जसको स्पष्ट नेतृत्व र जबाफदेहिता हुन आवश्यक छ। पुस्तक, पाम्फलेट, सेमिनार, र सामाजिक मिडियाको माध्यमबाट जेनजीको दर्शन, लक्ष्य र योजनाहरूबारे जनतालाई अझ व्यापक रूपमा जानकारी दिनु पर्छ। आन्दोलनले सरकार, नौलोखुल्ला राजनीतिक दलहरू, र नागरिक समाजसँग संवाद गर्ने र राष्ट्र निर्माणका विषयहरूमा सहयोगात्मक भूमिका खेल्ने तयारी हुनु पर्छ। देशका युवाहरूलाई कौशल विकास, रोजगारी, र entrepreneurship को लागि प्रेरित गर्ने कार्यक्रमहरूसँग जोड्नु पर्छ।

निष्कर्ष: सम्पूर्ण- नेपाली मनहरूलाई काम गर्न प्रोत्साहन गर्न जेनजी आन्दोलनको अन्तिम उद्देश्य सम्पूर्ण नेपालीहरूलाई एकताबद्ध गर्नु, उनीहरूमा विश्वास जगाउनु र देशको लागि काम गर्न प्रोत्साहित गर्नु हो। यो आन्दोलन सबैलाई आवाज दिने, सबैलाई सुन्ने र सबैको सहभागितामा विश्वास गर्ने प्लेटफर्म हुनुपर्छ। Gen Z हरू तपाईँहरू उद्देश्य पवित्र छ यसर्थ तपाईँहरू सबैले आ-आफ्नै ठाउँबाट यस सकारात्मक आह्वानमा सहभागी हुनु राम्रो हो। आफ्नो कर्तव्य बुझौँ, राष्ट्रप्रतिको हाम्रो दायित्व निर्वाह गरौँ, र एउटा सशक्त, समृद्ध र गौरवशाली नेपालको निर्माणमा आफ्नो योगदान पुर्याऔं। यही सकारात्मकताको साथमा नै तपाईँहरू र हाम्रो भविष्य उज्ज्वल छ।

-रामचन्द्र शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x