एन आई सी एशिया बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा निर्माण गरेका भवनहरू मध्ये थप एक विद्यालयमा पुस्तकालय समुद्घाटन गरिएको छ । विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैङ्कको सहयोगमा निर्माण गरिएको गण्डकी प्रदेशको तनहुँ जिल्ला स्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित श्री पवित्रा माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेको पुस्तकालय भवनमा यही २०८१ असोज १६ गते पुस्तकालय समुद्घाटन गरिएको छ ।
उक्त पुस्तकालय समुद्घाटन समारोहमा सोही गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा र वडा नम्बर १ का अध्यक्ष शिव कुमार श्रेष्ठ, बैङ्कका तर्फबाट सो बैङ्कका गण्डकी प्रदेश—३ का प्रमुख चुडामणि पराजुली र सम्बन्धित विद्यालयका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो । सो पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका करिब ११२५ विद्यार्थी तथा शिक्षक/शिक्षिकाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
यसअघि बैङ्कले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री मोहन्याल माध्यमिक विद्यालय, कोशी प्रदेशको झापा जिल्ला स्थित बुद्धशान्ती गाउँपालिका–२ मा अवस्थित श्री आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित श्री गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालयको समुद्घाटन भइसकेका छन् ।
त्यसै गरी, मधेश प्रदेशको सिराहा जिल्ला स्थित भगवान्पुर गाउँपालिका–१ मा अवस्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालय र पर्सा जिल्ला स्थित वीरगन्ज महानगरपालिका–१४ मा अवस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालय, लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला स्थित सियारी गाउँपालिका–४ मा अवस्थित श्री पब्लिक सेकेन्डरी स्कुल र बाग्मती प्रदेशको चितवन जिल्ला स्थित राप्ती नगरपालिका–७ मा अवस्थित श्री वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न गरेर पुस्तकालय स्थापनाको लागि सम्बन्धित विद्यालयहरूलाई हस्तान्तरण गरिसकेको छ ।
बैङ्कले यी पुस्तकालय भवनहरू निर्माणका लागि भनेर कुल रु. २ करोड ५ लाख ३० हजार बजेट विनियोजन गरेको थियो । यी पुस्तकालय भवनहरू निर्माणपछि उक्त विद्यालयहरूमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् भने विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराई विद्यार्थीहरूलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरूमा पहुँच भई उनीहरूको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठुलो सहयोग पुग्ने बैङ्कले विश्वास लिएको जनाएको छ ।
 
एन आई सी एशिया बैङ्कको सहयोगमा निर्माण गरिएको थप एक सामुदायिक विद्यालयको पुस्तकालय भवनमा पुस्तकालय समुद्घाटन
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    