ग्लोबल आइएमई बैङ्क लिमिटेडले एकल अङ्कमा आधारित न्यूनतम ब्याजदरमा रु. १२ करोडसम्म कर्जा सीमा भएको विशेष घर कर्जा (Home Loan) योजना सार्वजनिक गरेको छ ।
बैङ्कले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो । साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैङ्क वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेकाहरूले सहज रूपमा कर्जा सार्न (Swap) सक्नेछन् ।
सो विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढीको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा रु. १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउनेछन् । बैङ्कले ग्राहकलाई छिटो, छरितो एवं सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रही आवश्यक कागजातहरू पेस गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्रवाह गर्नेछ ।
ग्राहकहरूले देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैङ्कका ३५५ वटा शाखाहरूबाट यो सुविधा उपभोग गर्न सक्नेछन् । सीमित अवधिको लागि ल्याएको सो योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरूलाई बैङ्कले अनुरोध गरेको छ ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैङ्कले वर्षे नि यस्तो सरल दरमा सहज किसिमको कर्जा योजना ल्याउने गरेको छ ।
ग्लोबल आइएमई बैङ्कको न्यूनतम ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
