जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा सुनिल कुमार राय नियुक्त हुनुभएको छ ।
लघुवित्तको २०८० साल जेठ ०६ गते शनिवार बिहान ८:०० बजे बसेको सञ्चालक समितिको २०५ औँ बैठकले गरेको निर्णयअनुसार रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा महोत्तरी जिल्ला सम्सी गाउँपालिका वडा नं. ४ निवासी सुनिल कुमार रायलाई मिति २०८० जेठ ०७ गते देखि लागु हुने गरी ४ वर्षको लागि सोही लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको सो लघुवित्तले बताएको छ ।
साथै सोही मिति देखि सुनिल कुमार रायलाई जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी समेत प्रदान गरेको सो लघुवित्तले जानकारी दिएको छ ।
जनउत्थान सामुदायिक लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार राय नियुक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
