एन आई सी एशिया बैङ्कले आफ्ना ग्राहकहरूको लागि 'Celebrate Love with NIC ASIA Bank' योजना सार्वजनिक गरेको छ । यो योजना बैङ्कको मोबाइल बैंकिङ्ग (NIC Asia MoBank) एप तथा डेबिट वा क्रेडिट कार्डबाट पहिलो पटक भुक्तानी गर्ने ग्राहकहरूलाई लक्षित गरेर ल्याएको हो । २०७९ माघ २८ देखि २०७९ फाल्गुन १ (२०२३ फेब्रुअरी ११ देखि २०२३ फेब्रुअरी १३) सम्म सञ्चालन हुने यस योजना अन्तर्गत बैङ्कको मोबाइल बैंकिङ्ग एप तथा डेबिट वा क्रेडिट कार्डबाट विभिन्न मर्चेन्टहरूमा यस बैङ्कद्वारा राखिएको QR कोड तथा POS मेसिनमा पहिलो पटक कारोबार गर्ने ग्राहकहरूलाई १४ प्रतिशत वा अधिकतम रु.२०० सम्म क्यासब्याक उपलब्ध हुनेछ । साथै, बैङ्कले यसरी कारोबार गर्नुहुने मध्ये २० जना भाग्यशाली ग्राहकहरूलाई Valentine's Day को दिन अर्थात् २०७९ फाल्गुन २ (२०२३ फेब्रुअरी १४) मा तारे होटलमा आफ्नो साथीसँग डिनर खाने अवसर मिलाएको छ । काठमाडौँ बाहिरबाट यस योजनामा समावेश भई डिनरको लागि छनौट हुने ग्राहकरूको लागि उनीहरूलाई पायक पर्ने नजिकैको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था मिलाएकाे सो बैङ्कले जनाएकाे छ । सो योजनामा मोबाइल बैंकिङ्ग एपमार्फत गरिने वालेट लोड, अन्य बैङ्क वा यसै बैङ्कको अन्य खातामा रकम स्थानान्तरणलाई मान्यता दिएको छैन । डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले बैङ्कले ल्याएको सो योजनाबाट ग्राहकहरूलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैङ्कले लिएको बताएकाे छ ।
 
एन आई सी एशिया बैङ्कको Valentine's Day को विशेष योजना
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            100.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    