नबिल बैङ्कको नाफा ७६.८५ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ४ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को चाैथाे त्रैमास सम्ममा बैङ्कले ७ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर ३.२० प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज बढेर ३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ भने ९९ करोड ९६ लाख रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
२७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैङ्कले ३ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ३ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २७ अर्ब ७ करोड रुपैयाँ र सञ्चित मुनाफा ३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १०१.६३ प्रतिशतले बढेर १७ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा ३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा नबिल बैङ्कले आफ्ना शेयरधनिहरूलाई १४.६४ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ।
बैङ्कको प्रति शेयर आम्दानी २७ रुपैयाँ ८२ पैसा छ भने प्रति शेयर नेटवर्थ २१४ रुपैयाँ ६९ पैसा र पछिल्लो कारोबार मूल्य रु ६१३ को आधारमा मूल्य आम्दानी अनुपात २२.०३ गुणा रहेको छ ।
नबिल बैङ्कको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशतले बढ्यो, नाफामा पनि व्यापक वृद्धि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%
