एनएमबि बैङ्कको नाफा ६.५३ प्रतिशतले बढेको छ । आ.व. २०७९/८० को पहिलो त्रैमास सम्ममा बैङ्कले ९० करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८०/८१ को पहिलो त्रैमास सम्ममा बैङ्कले ९६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर २.८४ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज बढेर ४८ करोड १ लाख रुपैयाँ पुगेको छ भने ८८ करोड ६८ लाख रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
१८ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एनएमबि बैङ्कले २ खर्ब १ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ९ अर्ब ८७ करोड रुपैयाँ र सञ्चित मुनाफा १ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ८.२९ प्रतिशतले बढेर २ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको कुल वितरण योग्य मुनाफा १ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको प्रति शेयर आम्दानी २० रुपैयाँ ९८ पैसा छ भने प्रति शेयर नेटवर्थ १५९ रुपैयाँ ६९ पैसा र पछिल्लो कारोबार मूल्य रु २०५.४० को आधारमा मूल्य आम्दानी अनुपात ९.७९ गुणा रहेको छ ।
एनएमबि बैङ्कको नाफा र प्रति शेयर आम्दानी सामान्य बढ्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
