आईसीएफसी फाइनान्सकाे नाफा २९.७९ प्रतिशतले घटेकाे छ । आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा फाइनान्सले ४ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को पहिलाे त्रैमास सम्ममा फाइनान्सले ३ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको आईसीएफसी फाइनान्सले १८ अर्ब २५ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १४ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५४ करोड ३ लाख रुपैयाँ र सञ्चित मुनाफा ९ करोड ४३ लाख रुपैयाँ रहेको छ ।
फाइनान्सकाे व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३४.९१ प्रतिशतले बढेर १४ करोड ८८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै फाइनान्सकाे वितरण योग्य मुनाफा ९ करोड झ३ लाख रुपैयाँ रहेको छ ।
फाइनान्सकाे निष्क्रिय कर्जा अनुपात १.३१ प्रतिशत र प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ३२ पैसा र पछिल्लो कारोबार मूल्य रु ४३० को आधारमा मूल्य आम्दानी अनुपात ३६.२३ गुणा रहेको छ ।
आईसीएफसी फाइनान्सकाे नाफा ३ करोड ३४ लाख, खुद ब्याज आम्दानीमा ३४.९१ प्रतिशतकाे वृद्धि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
