
एन आई सी एशिया बैङ्क लिमिटेडको स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर श्रावण १२ गते (आज) देखि लिलामी मार्फत विक्रीका लागि खुला भएको छ।
लिलामी मार्फत विक्री हुन लागेको लघुवित्तको ४ हजार ९२० कित्ता शेयरको मूल्य प्रति कित्ता न्यूनतम रु. ३०१ तोकिएको छ। उक्त संस्थापक शेयरहरू खरिद गर्न योग्य लगानीकर्तहरुले श्रावण १८ गते सम्ममा एन आई सी एशिया बैङ्क लिमिटेडको कर्पोरेट कार्यालय, ट्रेड टावर नेपाल, थापाथली, काठमाडौँ अथवा शाखा कार्यालय क्रमशः विराटनगर-३, माेरङ्ग; आदर्शनगर, वीरगन्ज; महेन्द्र पुल, पोखरा; श्रवण पथ, बुटवल; हस्पिटल लाइन, धनगढी र वीरेन्द्रनगर, सुर्खेतमा आइपुग्ने गरी गोप्य सिलबन्दी बोलपत्र आवेदन पेस गर्न सक्ने लघुवित्तले जनाएको छ।
बोलपत्र पेस गर्दा न्यूनतम ५०० कित्ताको लागि र सो भन्दा माथि सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने लघुवित्तले बताएको छ ।
सो कम्पनीको बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
 
महुली लघुवित्तको संस्थापक शेयर आज देखि लिलामीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    