अभियान लघुवित्त लिमिटेडले असार २८ गते (आज) तेस्रो वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा ताम्राकार पार्टी भेन्यु पनौती नगरपालिका वडा नं.-४, काभ्रेपलान्चोकमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी सभाले यस लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य कुनै पनि वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्ति (एक्विजिशन) गर्ने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्था पहिचान गर्ने सहमति पत्रमा हस्ताक्षर गर्न, सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैङ्क समक्ष निवेदन दिने, सम्पत्ति र दायित्व मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता नियुक्ति गर्न, निजको पारिश्रमिक निर्धारण गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार १७ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा असार १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
अभियान लघुवित्तले आज तेस्रो वार्षिक साधारण सभा गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
