समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८० साल असार ०५ गते बेलुका ४:०० बजे बसेको सञ्चालक समितिको ९८ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०७८/०७९ को वार्षिक वित्तीय विवरण पारित गरी हाल कायम चुक्ता पुँजीको कुल १५ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
लघुवित्तको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ खुद मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ करोड रुपैंयाको १४.२५ प्रतिशतले हुन आउने २८ लाख ५० हजार रुपैयाँ बराबरको बोनस र ०.७५ प्रतिशतले हुन आउने १ लाख ५० हजार रुपैयाँ गरी जम्मा ३० लाख बराबरको लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्क र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।
समाज लघुवित्तको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
