नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्कका संस्थापक शेयरधनीले १२ हजार १२३ कित्ता शेयर बिक्री गर्ने भएका छन् । बैङ्कका दुई जना संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।
यसमा ०५ वैशाखदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो बैङ्कले जानकारी दिएको छ । बैङ्कका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले ०५ वैशाखबाट नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्कको प्रधान कार्यालयको शेयर शाखामा आइपुग्ने गरी के कति रकममा शेयर खरिद गर्ने हो सो को ब्यहोरा खुलाई निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने बैङ्कले जनाएको छ ।
१२ हजार १२३ कित्ता संस्थापक शेयर बिक्री गर्दै नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
