आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २२.५८ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को दोस्रो त्रैमास सम्ममा लघुवित्तले १६ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को दोस्रो त्रैमास सम्ममा लघुवित्तले २० करोड ६५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१ अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको आरएमडीसी लघुवित्तले ३७ लाख ६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, आरएमडीसी लघुवित्तले २२ करोड ९३ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १ अर्ब २० करोड रुपैयाँ र सञ्चित मुनाफा १ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।
आरएमडीसी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २०.४५ प्रतिशतले बढेर ३३ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने लघुवित्तको वितरणयोग्य मुनाफा ११ करोड ३४ लाख रुपैयाँ रहेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात शून्य दशमलव १६ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ २९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २८५ रुपैयाँ ०४ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. १०५० को आधारमा मूल्य आम्दानी अनुपात ३१.५४ गुणा रहेको छ ।
खुद ब्याज आम्दानी बढेसँगै आरएमडीसी लघुवित्तको नाफामा २२.५८ प्रतिशतको वृद्धि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
