सिटिजन्स बैङ्क इन्टरनेसनलको नाफा १०.४१ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले २ अर्ब रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को चाैथाे त्रैमास सम्ममा बैङ्कले २ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ । बैङ्कको खुद ब्याज आम्दानीमा सामान्य वृद्धि भएर सञ्चालन मुनाफा बढ्दा नाफामा वृद्धि भएको देखिन्छ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर ३.१९ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज वृद्धि भई ७३ करोड ३ लाख रुपैयाँ पुगेको छ भने ३३ करोड ८८ लाख रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
१४ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटिजन्स बैङ्कले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ६ अर्ब ७ करोड रुपैयाँ र सञ्चित मुनाफा १ अर्ब ३ करोड रुपैयाँ रहेको छ ।
Click here to join Gyanmandu.com's Viber Community
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १७.३० प्रतिशतले बढेर ५ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा १ अर्ब ३ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ५९ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ८ पैसा र पछिल्लो कारोबार मूल्य रु १८५ को आधारमा मूल्य आम्दानी अनुपात ११.८६ गुणा रहेको छ ।
सिटिजन्स बैङ्क इन्टरनेसनलको नाफामा १०.४१ प्रतिशतको वृद्धि, अन्य सूचक कस्ता ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
