एन आई सी एशिया बैङ्कले connectIPS सँगको सहकार्यमा आफ्ना मोबाइल बैङ्किङ (MoBank) ग्राहकहरूका लागि "Fund Transfer मा हरेक हप्ता Mobile Phone हातमा” अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत हरेक हप्ता एक जना भाग्यशाली मोबाइल बैङ्किङ ग्राहकले सो बैङ्कको मोबाइल बैङ्किङ (MoBank) एप प्रयोग गरी connectIPS मार्फत Fund Transfer गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।
भाद्र १७, २०८० गतेदेखि असोज २०, २०८० गतेसम्म लागु हुने उक्त अफर अन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि (आइतवारदेखि शनिवारको अवधिलाई एक हप्ता मानिने छ) ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गर्ने र उक्त विजेताको जानकारी एन आई सी एशिया बैङ्कको आधिकारिक सामाजिक सञ्जालहरू मार्फत सार्वजनिक हुने सो बैङ्कल जनाएको छ ।
Fund Transfer गर्न आफ्नो मोबाइल बैंकिङ्ग सेवा (MoBank) एपमा login गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको Fund Transfer अप्सनमा क्लिक गरेर Other Banks Using ConnectIPS छनौट गर्नुपर्छ । यसरी Fund Transfer गर्दा connectIPS मा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन । Fund Transfer तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैङ्किङको बढ्दो प्रयोग र लोकप्रियतालाई सो अफरले थप प्रवर्द्धन गर्ने विश्वास बैङ्कले लिएको बताएको छ । हाल २४ लाखभन्दा बढी मोबाइल बैंकिङ्ग ग्राहकहरूले MoBank एप प्रयोग गरिरहका छन् भने मोबाइल बैङ्किङमा रहेको connectIPS मार्फत प्रति दिन प्रति कारोबार रु. ३ लाख रुपैयाँसम्म Transfer गर्न सकिन्छ ।
connectIPS सँगको सहकार्यमा एन आई सी एशिया बैङ्कले ल्यायो "Fund Transfer मा हरेक हप्ता Mobile Phone हातमा” अफर, पैसा पठाउँदा स्मार्टफोन जित्न सकिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%